सिआइडी हुँ भन्दै ठगी

डिसी नेपाल
२७ माघ २०८१ २३:३०
296
Shares

काठमाडौं । कपिलवस्तुमा प्रहरीको सिआइडी हुँ भन्दै ठगेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाणगंगा नगरपालिका-२ पिपरा बस्ने ३२ वर्षीय ऋषिराम घिमिरे र ३२ वर्षीय जीवन थापा छन्।

आफूहरू इलाका प्रहरी कार्यालय पिपराबाट आएको सिआइडी हो भनेर एक घरबाट १७ हजार रूपैयाँ नगद ठगेका थिए।

तलासी लिएर उनीहरूले उक्त रकम लिएपछि प्रहरीलाई खबर गरिएको उनीहरू पक्राउ परेका हुन्।

पक्राउ परेका दुवै जनामाथि आइतबार जिल्ला अदालत कपिलवस्तुबाट पाँच दिन म्याद थपेर अनुसन्धान अघि बढाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *