३५ वर्षीया महिलाले उर्लदो नारायणीमा हामफालेपछि…
काठमाडौं । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदीमा एक महिलाले हाम फालेकी छन्।
जिल्लाको प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने ३५ वर्षीया अनिता हरिजनले त्रिवेणी व्यारेजबाट नारायणीमा हाम फालेकी थिइन्।
घटनाबारे जानकारी प्राप्त हुनासाथ बिओपी विनयी त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश थापाको कमाण्डमा खटिएको सुरक्षा टोलीले उनको सकुशल उद्वार गरेको छ। उद्वार पश्चात उनलाई उपचारको लागि त्रिवेणी स्वास्थ्य चौकी लगिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment