पोखरामा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल घाइते

डिसी नेपाल
३ फागुन २०८१ १४:२२
1.0k
Shares

काठमाडौं । पोखरा भ्रमण वर्षको उदघाट्नको क्रममा बेलुन पड्किँदा अर्थमन्त्री विष्णु पौडेल घाइते भएका छन्।

पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बाल्ने क्रममा बेलुन आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल घाइते भएका हुन्। उनीसँगै पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई पनि चोट लागेको छ।

अर्थमन्त्री पौडेलले एआई जडित पानसमा बत्ति बालेर पोखरा भ्रमण वर्ष २०२० लेखेको ब्यानर सार्वजनिक गर्ने तयारी गर्ने क्रममा दुर्घटना भएको हो। ब्यानर दुबै साइट बेलुन झुण्डाइएको थियो। सोही क्रममा बेलुनमा आगो लाग्दा झिल्का उनीहरूलाई परेको थियो।

उनीहरू सामान्य घाइते भएको र उपचारका लागि गण्डकी अस्पताल लगिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *