घाइते अर्थमन्त्री पौडेल र पोखराका मेयरलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

डिसी नेपाल
३ फागुन २०८१ १४:५८
2.2k
Shares

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बाल्ने क्रममा बेलुन आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई पनि चोट लागेको छ।

पोखरामा सामान्य उपचारपछि उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो। उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिने छ।

अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारको भाग जलेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *