सात महिना वित्यो, मुलुकमा केही परिवर्तन आएन : उपाध्यक्ष पाण्डे

डिसी नेपाल
३ फागुन २०८१ १५:१३
52
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान सरकारले सात महिना बित्दा पनि केही काम गर्न नसकेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले देशमा कुनैपनि विपत्ति नभएपनि दुई ठूला दल मिलेको भन्दै ठूला दल मिल्दा पनि देशमा केही परिवर्तन नभएको बताए।

उनले भने, ‘व्यवस्थाको हिसाबले सबैभन्दा उत्कृष्ट संविधान हामीले निर्माण गर्यौं। तर पनि समाधान निस्किएन। एमालेका अध्यक्ष र काङ्ग्रेसका सभापति मिलेका छन्। वास्तवमा कुनैपनि देशमा ठूलो विपत्ति, राष्ट्रिय संकट, विदेशी हमला भएको र साच्चिकै आपत्ति भएको बेला मात्र प्रमुख दलहरु मिल्छन्। तर हाम्रो देशमा त्यस्तो कुनै अवस्था पनि थिएन्। तर ठूला दल मिले र देशमा विकास गर्छौ, नयाँ फड्को मार्छौ भने। तर यो सात महिना बित्दा पनि केही हुन सकेको छैन्।’

यसको साथै, उनले देश मरुभूमी बन्दै गइरहेका बेला सरकारले चिन्ता नै नलिएको पनि बताए।

उनले भने, ‘सुशासन ल्याउने, भ्रष्टाचार हटाउने नारा लगाए। आर्थिक समृद्धि ल्याउछौ पनि भने। तर व्यापार घाटा बढेको छ। भ्रष्टाचारले बाटो काटेको छ। बेरोजगारी बढेको छ। देश मरुभूमी हुदैँछ। यस्तो अवस्थामा चिन्तामा हुनुपर्ने सरकारले चिन्ता लिएको छैन्।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *