रूसले गुगललाई तिरायो ३.८ मिलियन जरिवाना
मस्को। रुसी सेनालाई कसरी आत्मसमर्पण गराउने भनेर युट्युब क्लिप राखेको भन्दै रुसले गुगललाई ठुलो परिणामको जरिवाना गरेको छ।
एक रूसी अदालतले अल्फाबेटको गुगललाई ३.८ मिलियन रूबल जरिवाना गराएको हो। अदालतले भनेको छ कि ‘रूसको आत्मसमर्पण’ सबन्धि युट्युबमा सामग्री होस्ट गरेको अभियोगमा जरिवाना गरिएको हो। जसमा रूसी सैनिकहरूलाई आत्मसमर्पण गर्न निर्देशन दिने भिडियोहरू समावेश रहेको रूसको सरकारी स्वामित्वको तास समाचार एजेन्सीले जनाएको छ।
रसियाले धेरै वर्षदेखि विदेशी टेक्नोलोजी प्लेटफर्महरूलाई गैरकानूनी भन्दै सामग्री हटाउन आदेश दिइरहेको छ, यसमध्यमा रूस युक्रेनमा युद्धको बारेमा बनाइएका भिडियोहरूले भ्रम छरेको रूसको लामो समय देखी आरोप रहँदै आएको छ। गुगलले भने सो जरिवाना पछि कुनै प्रतिक्रिया दिएको छैन्।
पुटिनले गत डिसेम्बरमा गुगललाई अमेरिकी सरकारको राजनीतिक अंक प्राप्त गर्न प्रयोग गर्ने उपकरण भएको आरोप लगाएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment