बल्खुमा मृत व्यक्ति फेला प्रकरण : अनुसन्धानका लागि ६ जना नियन्त्रणमा

डिसी नेपाल
७ फागुन २०८१ १३:५६
872
Shares

काठमाडौं । बल्खुको तरकारी बजार नजिक मृत भेटिएका व्यक्तिको हत्या आशंकामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

मकवानपुर घर भई बल्खु तरकारी बजारनजिकै टिनको टहरामा बस्दै आएका ४१ वर्षीय रामकृष्ण दाहालको हत्या गरेको अवस्थामा शव फेला परेपछि प्रहरीले अनुसन्धानका लागि ६ जनालाई नियन्त्रणमा लिएको हो।

तीमध्ये दुई जना बढी शंकास्पद देखिएको बताइएको छ। पक्राउ परेकाहरू ज्यामी काम गर्दै आएका व्यक्ति रहेका छन्।

टहराभित्र मृत अवस्थामा बुधबार बिहान साढे १० बजे दाहालको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए।

प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *