दुर्लभ भाषा संरक्षणमा ध्यान दिनुपर्छ : मन्त्री पाण्डे

डिसी नेपाल
९ फागुन २०८१ १३:३९
24
Shares

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले दुर्लभ भाषाको संरक्षण र विकासका लागि ध्यान दिनु पर्नेमा जोड दिएका छन्।

अन्तराष्ट्र्रिय मातृभाषा दिवसको रजत महोत्सवमा भाषा प्रयोगशालाको उद्घाटन गर्दैै मन्त्री पाण्डेले लोपउन्मुख र दुर्लभ भाषा लोप हुन लागेको प्रति चिन्ता व्यक्त गरे।

उनले भने, ‘लोपउन्मुख र दुर्लभ भाषा लोप हुँदै गएको छ। अहिले कुसुण्डा बोल्ने एक जना व्यक्ति मात्रै रहेछन। दुर्लभ भाषाको संरक्षण र विकासका लागि हामीले ध्यान दिन जरुरी छ।’

उनले भाषा नभए मानिसको जिन्दगी निरस हुने बताए। उनले प्रत्येक भाषाले छुट्टा छ्ट्टै सन्देश दिने, अर्थ राख्ने, संवेदनशिलता, दर्शन, इतिहास सभ्यता बोक्ने पनि बताए।

मन्त्री पाण्डेले ज्ञानको बहुआयामिक जोगाउनका लागि पनि भाषाको महत्व बढ्दै गएको बताए। उनले मुलुकमा हाल १३१ वटा भाषा बोलिने गरेको उल्लेख गर्दै अन्वेषण हुँदै जाँदा भाषा बढ्दै जाने समेत बताए। मन्त्री पाण्डेले भाषा अभौतिक सम्पदा जस्तै भए पनि यसले भौतिक कुराको पनि सेतुको काम गरिरहेको उल्लेख गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *