कतारमा सडक दुर्घटनामा परी झविन्द्र आचार्यको मृत्यु

डिसी नेपाल
१० फागुन २०८१ ७:३४
4.9k
Shares

दाेहा। गुल्मीको मालिका गाउँपालिका घर भई कतारमा व्यवसाय गर्दै आएका युवा उद्यमी तथा समाजसेवी झविन्द्र आचार्यको बिहीबार राति सडक दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको कतारको हमाद हस्पिटले मृत्यु घोषणा गरेको छ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष, गुल्मी सेवा समाज कतारका वरिष्ठ सल्लाहकार, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष तथा लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका उपाध्यक्ष समेत रहेका थिए।

४० वर्षीय आचार्यको शव सनैयास्थित हमाद हस्पिटलको मर्चरी सेन्टरमा राखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *