ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो

डिसी नेपाल
१० फागुन २०८१ १९:४२
1.2k
Shares

ताप्लेजुङ। केवलकार खारेजीको निम्ति भइरहेको संघर्षमा मुक्कुमलुङ पद यात्रामा सहभागी हुन आएका राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोलाई केवलकार बनाउनुपर्छ भन्ने सरकारी पक्षले कालो झण्डा देखाएका छन्। पद यात्राबाट फर्कने क्रममा फुङ्लिङ बजारमा करिब ८-१० जनाले कालो झण्डा देखाएका हुन्।

फागुन ६ गते देखि ८ गतेसम्म नो केबलकार समूहले गरेको शान्तिपूर्ण मुक्कुमलुङ पदयात्रामा सहभागी भएको भन्दै कालो झण्डा देखाइएको हो। उनी फागुन ८ गतेका लागि तय गरिएको पदयात्राको अन्तिम दिनलाई सम्बोधन गर्न ताप्लेजुङको पाथिभरा मुक्कुमलुङ क्षेत्र आएका थिए।

आज आन्दोलनरत पक्षहरूसँगै महतो पनि फुङलिङ बजार फर्किएका थिए। सोही क्रममा फुङलुङ बजारमा बाटोमा कालो झण्डा देखाएको हो।

केवलकार बनाउने पक्षमा फुङ्लिङ नगर पालिका लगायत नेपाल सरकार रहेको छ भने विपक्षमा लिम्बू समुदाय रहेको छ। लिम्बु समुदायको आस्थाको केन्द्र मुक्कुमलुङ हो र धार्मिक स्थल भएकोले केवलकार बनाउन नहुनेमा उनिहरु छन्।

राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता सन्तोष मेहताले सरकारी पक्ष नै कालो झण्डा देखाउनु हतास मानसिकता हो भन्ने प्रतिक्रिया दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *