छात्रवृत्तिका लागि आवेदन दिनेको कमी, प्रधानमन्त्रीद्वारा आवेदन माग
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रालयबाट विभिन्न विषयको लागि खुलाईएको छात्रवृत्तिको लागि आवेदन दिनेहरुको संख्या नै नपुगेको भन्दै आवेदन दिन आह्वान गरेका छन्।
प्रधानमन्त्री ओलीले फेशुबकमार्फत खाली रहेका सिटमा छात्रवृत्तिको लागि छिटोभन्दा छिटो आवेदन दिन भनेका छन्।
‘जानकारीको लागि– शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेका कारण अन्डर ग्रयाजुएट एमबीबीएस १ जना, पोस्ट ग्रयाजुएट इन्जिनियरिङमा ७ जना, एग्रीकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आइटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसन १ जनाको सिट अझै खाली रहेको सूचना पाएको छु। खाली रहेका सिटमा छात्रवृत्तिको लागि छिटो भन्दा छिटो ९एकदुई दिनभित्रै० आवेदन दिनुहोला। आवेदन पठाउने ठेगाना यहाँ राखिएको छ,’ उनले लेखेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment