खानेपानी संस्थानलाई नाफामा लगेरै छाडिन्छ : मन्त्री यादव

डिसी नेपाल
१५ फागुन २०८१ १६:०४
64
Shares

काठमाडौं । खानेपानी मन्त्री प्रदिप यादवले नयाँ योजना र सोचका साथ घाटामा रहेको संस्थानलाई नाफामा लानेगरी कामहरु भइरहेको बताएका छन्।

बिहीबार काठमाडौंमा खानेपानी संस्थानको ३६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले घाटामा रहेको खानेपानी संस्थानलाई मुनाफामा ल्याउनको लागि सबैले प्रयास गर्नुपर्ने भन्दै यसको लागि मन्त्रालयको तर्फबाट पनि प्रयास गर्ने बताए।

उनले भने, ‘नयाँ योजना र नयाँ सोचका साथ घाटामा रहेको संस्थानलाई नाफामा कसरी ल्याउने भनेर मन्त्रालयले संस्थानका साथीहरूसँग बसेर छलफलमार्फत नाफामा ल्याउँछ, अगाडि बढाउँछ। नेपाल खानेपानी संस्थान घाटामा छ। यसलाई मुनाफामा ल्याउनको लागि कम्मर कस्नुपर्छ। नत्र सबैको कम्मर भाँचिन सक्छ। संस्थान बच्न सकेन भने हामी कोही बाच्न सक्दैनौं।’

यसको साथै, उनले जनतालाई सेवा दिने मन्त्रालयमा आएको भन्दै जनताको पक्षमा निर्णय लिनको लागि कहिले पनि पछि नहट्ने बताए।

उनले भने, ‘मेरो कलम चलेसम्म म डराउने मान्छे होइन, मन्त्रीको तेस्रो कार्यकाल हो। निर्णय गर्ने कुरामा म कहिले पनि डराउदिन्, कसैको डर छैन्। जनतालाई सेवा दिने मन्त्रालयमा म आएको छु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *