सरकारले मागेको कर्मचारी व्यवस्थापन गर्न आयोग सक्षम छ : अध्यक्ष रेग्मी

डिसी नेपाल
१५ फागुन २०८१ १७:१८
108
Shares

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले मागेको कर्मचारी व्यवस्थापन गर्न आयोग सक्षम रहेको बताएका छन्।

सिंहदरबारमा बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा अध्यक्ष रेग्मीले देशभर नै सरकारलाई आवश्यक परेको कर्मचारी व्यवस्थापन गर्न आयोग सक्षम रहेको बताएका हुन्। उनले सरकारले माग गरेको कर्मचारीलाई पूर्ति गर्ने काम आयोगले गरिरहेको भन्दै आयोगले आफुखुसी कर्मचारी माग्ने काम नगरेको स्पष्ट पारे।

रेग्मीले आयोगका आफ्नै सिद्धान्त रहेकाले मायादयाका आधारमा काम गर्न नसक्ने धारणा राखे। केन्द्रमा लोकसेवा आयोग हुदाहुदै प्रदेशमा लोकसेवा स्थापना गर्नुपर्ने कारणबारे पुनर्बिचार गर्नुपर्ने उनको भनाइ छ।

उहाले प्रदेश लोकसेवा आयोगले अस्थायी, करार, ज्यालादारीरुपमा कर्मचारी नियुक्ती गर्न नसक्ने उल्लेख गरे। अध्यक्ष रेग्मीले देशैभर एउटै निकायले कर्मचारी व्यवस्थापन गर्न सके एकै खालको सुशासन कायम हुने र त्यही अनुसार कामको गुणस्तर हुने जिकिर गरे।

लोकसेवा आयोगको वार्षिक प्रतिवेदनमाथिको छलफलका क्रममा समिति सदस्यहरुले समावेशी सिद्धान्तका आधारमा भर्ना छनौट विधिप्रति जिज्ञासा राखेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *