साम्बा र रेखा आ-आफ्नो क्लबमा फर्किए
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड रेखा पौडेल र सावित्रा भण्डारी साम्बा अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप पछि आ-आफ्नो क्लबमा फर्किएका छन्।
पौडेल युएईको आबु धाबी कन्ट्री क्लबबाट व्यावसायिक फुटबल खेल्छिन भने साम्बा फ्रान्सको महिला लिग क्लब इ ए गुइङ्ग्याम्पबाट खेल्ने गर्दछिन्।
एन्फा केन्द्रीय सदस्य तथा महिला समितिकी अध्यक्ष सरिला श्रेष्ठ मलेकु र टोली प्रबन्धक बिन्द्रा देवानले दुवै खेलाडीलाई बिदाइ गरेकी छन्।
त्यस्तै गोलकिपर एन्जिला तुम्बापो सुब्बा शुक्रबार आफ्नो क्लब फर्कनेछन्। एन्जिला भने ग्रिसको निस एट्रोमिटौ क्लबबाट खेल्ने गर्दछिन्।
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा फाइनलसम्म पुगेको नेपाल म्यान्मारसँग २-० ले पराजित हुदै उपविजेतामा चित्त बुझाएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment