महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु
काठमाडौं। महाशिवरात्रि पर्व सम्पन्न भएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु गरिएको छ। महाशिवरात्रिका अवसरमा जम्मा भएका भक्तजनका कारण थुप्रिएको फोहर पशुपति क्षेत्र विकास कोषले आजदेखि उठाउन थालेको हो।
केही दिनमा सफाइ गरिसकिने कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए। महाशिवरात्रि सम्पन्न भए पनि आजसमेत पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको थियो। महाशिवरात्रिमा मन्दिरभित्र दर्शन गर्न नपाएका भक्तजन आज पशुपतिनाथ पुगेका थिए। पशुपतिनाथमा आजसम्म साधुसन्तको चहलपहल छ। आज बेलुकीसम्म पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानलगायत संघ संस्थाले साधुसन्तका लागि खाने, बस्ने र धुनी जगाउने व्यवस्था गरेका छन्।
शुक्रबार बिहान ११ बजेदेखि साधुसन्तलाई दक्षिणा दिएर बिदाइ गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। साधुसन्तलाई गच्छेअनुसार दक्षिणा दिइने उनले बताए। कोष र संस्थानले पनि साधुसन्तलाई अलग अलग दक्षिणाको व्यवस्था गर्ने जनाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment