केपी ओली कपको पहिलो सेमिफाइनल आज, आर्मी र संकटा भिड्दै
काठमाडौं। काठमाडौंमा जारी केपी ओली कपको पहिलो सेमिफाइनल खेल आज हुँदैछ। दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लब खेल्दै छन्।
त्रिभुवन आर्मीले क्वाटरफाइनलमा पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने संकटा क्लब विभागीय टिम एपीएफ क्लबलाई टाई ब्रेकरमा पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।
त्यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भने शनिबार हुँदैछ। दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीसँग मछिन्द्र क्लब भिड्ने छ। आयोजक केपी ओली एफसीले न्यूरोड टिमलाई हराउदै सेमिफाइनलमा पुगेको हो भने मछिन्द्रले भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment