रास्वपाका २९५ निर्वाचित सदस्यलाई एकैसाथ सपथ

डिसी नेपाल
१६ फागुन २०८१ १६:३३
544
Shares

काठमाडौं । काठमाडौ जिल्लाका ४१ वडामा अधिवेशनबाट निर्वाचित २९५ पदाधिकारी तथा सदस्यको एकैसाथ सपथ ग्रहण भएको छ।

वडा अधिवेशनको निर्वाचन आयुक्तको हैसियतले जिल्ला सभापति प्रदीप बिष्टले निर्वाचित सदस्यलाई सपथ ग्रहण गराएका हुन्।

काठमाडौं जिल्लाको कुल १३८ वडामध्ये ८१ वटा वडामा वडा अधिवेशन सम्पन्न भइसकेको रास्वपाले जानकारी दिएको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयम सम्पन्न शपथ ग्रहणमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल, कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटी, संददीय दलका उपनेता विराजभक्त श्रेष्ठसहित केन्द्रीय सदस्य र सांसदहरू उपस्थित थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *