पाथीभरा केबलकार विवादको समाधान वार्ताबाट खोजिनुपर्छ : कांग्रेस

डिसी नेपाल
१६ फागुन २०८१ १९:०१
116
Shares

काठमाडौं । नेपाली कांग्रेसले पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले नो केबलकार भन्ने कुरामा कांग्रेसको सैद्धान्तिक सहमति नरहे पनि विवादलाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए। वार्ता निष्कर्षमा नपुगेसम्मका लागि निर्माण कार्य स्थगित गर्ने सरकारको कदम स्वागतयोग्य रहेको उनले बताए।

त्यस्तै बैठकमा निर्वाचन सम्बन्धी विधेयक, दल सम्बन्धी विधेयकका बिषयमा छलफल भएको उनले बताए। विधेयक निर्माणको काम सुस्त देखिएकाले तीव्रता दिने विषयमा छलफल भएको उनले बताए।

त्यस्तै आसन्न स्ववियु निर्वाचनमा पार्टीको भातृसंस्थालाई बलियो उपस्थीति गराउने बिषयमा पनि छलफल भएको घिमिरेले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *