ललितपुरको टिकाथलीमा पानीको बोरिङ खन्दा निस्कियो आगो

डिसी नेपाल
२० फागुन २०८१ १०:५१
516
Shares

काठमाडौं। ललितपुरको टिकाथलीमा पानीको बोरिङ खन्दा आगो निस्किएको छ।

टिकाथली र चांगाथलीबीचको गोदावरी खोला नजिक पर्ने ३०० मिटर जमिनमुनिबाट आगो निस्किएको हो।

पानी ट्यांकी राख्न माटो खनेर सकिएपछि मेशिन फिट वाईलिङ् गर्ने क्रममा निस्किएको आगोलाई बिहानदेखि निभाउने प्रयास जारी रहेको बताइएको छ।

स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् । ललितपुर प्रहरी परिसरले यस विषयमा सिनियर टोली पठाएर बुझ्ने काम भइरहेको जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *