काठमाडौंमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा

डिसी नेपाल
२२ साउन २०८३ १८:१९

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा एक हजार २८१ सवारी चालकलाई कारबाही गरेको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी अन्य विभिन्न ट्राफिक कसुरमा ७८६ चालक कारबाहीमा परेका छन् । त्यसैगरी तीव्र गतिमा सवारी चलाउने १४३, रेड लाइट उल्लङ्घन गर्ने ६८, सिसीटिभीमार्फत ८५, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६५, लेन अनुशासन उल्लङ्घन गर्ने ४१, अवस्था ठीक नभएका सवारी ३०, वान–वे उल्लङ्घन गर्ने २२ तथा हर्नको दुरूपयोग गर्ने ४१ चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार उपत्यकामा बढ्दो सवारी चापका बीच ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि दैनिक निगरानी तथा कारबाहीलाई तीव्र पारिएको छ ।

ट्राफिक प्रहरीले सवारी चालकलाई गति नियन्त्रणमा राख्न, ट्राफिक बत्तीको पालना गर्न, लेन अनुशासन कायम गर्न तथा सुरक्षित रूपमा सवारी चलाउन आग्रह गरेको छ । साथै, नियम उल्लङ्घन नगरी जिम्मेवार ढङ्गले सवारी सञ्चालन गर्न सबै चालकलाई अनुरोध गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *