ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

डिसी नेपाल
२० फागुन २०८१ १३:००
308
Shares

धनगढी । धनगढीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–३ रानामार्गस्थित सडकमा से २ त २२७९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीय प्रकाश केसीको सोमवार बिहान मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *