पूर्वयुवराज पारसलाई वार्डमा सारियो
काठमाडौं । हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ।
उनको अवस्थामा सुधार आएको र प्राइभेट वार्डमा सारिएको अस्पतालका प्रवक्ता अजय मिश्राले बताए।
आइतबार राति हृदयाघात भएका पारसको डाक्टर यादव भट्ट नेतृत्वको टोलीले उपचार गरिरहेको छ।
पारस शाहलाई हृदयाघात भएको यो चौथो पटक हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment