मधेस सहिद प्रतिष्ठानका सदस्य मृत फेला
काठमाडौं । मधेस सहिद प्रतिष्ठानका सदस्य रामनरेश राय यादव आज जनकपुरधाममा मृत भेटिएकी छन्।
सर्लाहीको मलंगवा नगरपालिकाको गम्भरिया घर भएका ३७ वर्षीय यादव जनकपुरधामस्थित मधेस प्रदेश भवनभित्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए।
ओछ्याननजिक यादवले वान्ता गरेको पाइएको र उनको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment