कोशी अस्पतालका चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दर्ता

डिसी नेपाल
२० फागुन २०८१ १७:११
176
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोशी अस्पताल, विराटनगरमा सिटी स्क्यान डिपार्टमेन्ट कार्यरत जितेन चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै मुद्दा दायर गरेको छ।

अख्तियारले चौधरीको राजिभ गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स, कर्नाटकबाट जारी भएको बिएस्सी एमआइटी पिडिसी डिग्रीको प्रमाणपत्र नक्कली भएको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जानकारी दिएको छ।

चौधरीले झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी कोशी अस्पताल, विराटनगरमा रेडियोग्राफर पदमा २०७२ माघ १ देखि नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *