भक्तपुरमा वृद्धको शव फेला, मकवानपुरमा युवक मृत
काठमाडौं । देशका छुट्टा छुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।
भक्तपुरको भक्तपुर नगरपालिका-९ च्यामसिंहस्थित गरूडकुण्ड पोखरीको छेउमा सूर्यविनायक नगरपालिका-१० चित्तपोल भंगाल बस्ने ६६ वर्षीय भरत दुलाल मंगलबार मृत अवस्थामा फेला परेका छन्।
यस्तै मकवानपुरको मनहरी गाउँपालिका-६ चौकीटोल बस्ने ३८ वर्षीय सुन बहादुर थिङ आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment