च्याम्पियन्स ट्रफीः अस्ट्रेलियालाई पराजित गर्दै भारत फाइनलमा

डिसी नेपाल
२० फागुन २०८१ २२:२३
956
Shares

काठमाडौं। भारत आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई पराजित गर्दै भारत फाइनलमा पुगेको हो। दुबईमा भएको खेलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्‍यो।

अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य पछ्याएको भारतले ४८.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो। भारतका लागि विराट कोहलीले अर्धसतकीय पारी खेले। उनले ९८ बलमा ५ चौकाको मद्दतमा ८४ रन बनाए। यस्तै श्रेयस अय्यरले ४५ रन बनाए भने केएल राहुल ४२ रनमा अविजित रहे।

अस्ट्रेलियाका नेथन एलिस र एडम जाम्पाले २-२ विकेट लिए भने बेन ड्‍वारसुइस र कूपर कोनोलीले १-१ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ४९.३ ओभरमा अल आउट हुदै २६४ रन बनाएको थियो।

अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्बाधिक ७२ रन बनाए भने एलेक्स केरीले ६१ रन बनाए। त्यस्तै ट्राभिस हेडले ३९ रन बनाए भने मार्नस लाबुसचागनेले २९ रन बनाए। त्यस्तै बेन ड्वारशुइसले १९ र नाथन एलिसले ११ रन बनाए।

भारतीय बलर मोहमद शामीले ३ विकेट लिए भने वरुण चक्रवर्ती र रविन्द्र जडेजाले २(२ तथा हार्दिक पाण्डेय र अक्सर पटेलले एक एक विकेट लिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *