राष्ट्रिय सभाबाट आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धिसम्बन्धि अध्यादेश स्वीकृत

डिसी नेपाल
२२ फागुन २०८१ १७:२४
80
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठकले आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ स्वीकृत गरेको छ।

जारी बैठकमा सांसद गंगा बेल्बासे क्षेत्रीले राखेको अध्यादेश अस्वीकृतको प्रस्ताव बहुमतले अस्वीकार भएपछि सरकारको तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गरेको अध्यादेश बुहमतले स्वीकृत गरेको हो।

यसअघि राष्ट्रिय सभाले अन्य तीन वटा अध्यादेश पारित गरेको थियो भने, आजकै बैठकले सहकारी सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, पनि स्वीकृत गर्ने कार्यसूची छ।

यी सबै अध्यादेश हिजो प्रतिनिधि सभाबाट पनि बहुमतले पारित गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *