‘कुलमान घिसिङका विषयमा ऊर्जामन्त्रीले संसदमा दिएको अभिव्यक्ति ढाँटछलपूर्ण’

डिसी नेपाल
२२ फागुन २०८१ १९:१५
524
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कुलमान घिसिङका विषयमा ऊर्जामन्त्रीले संसदमा दिएको अभिव्यक्ति ढाँटछलपूर्ण रहेको बताएका छन्।

बिहीबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद सापकोटाले ऊर्जामन्त्रीले संसदमा राखेको तर्क तथ्यांकमा आधारित नभएको समेत बताए।

उनले वर्तमान सरकारले सेटिङको काम कानून बिपरित गर्न लगाएपछि कुलमानले अस्वीकार गर्दा प्रतिशोध साँध्न खोजेको आरोप लगाए।

सापकोटाले कुलमानलाई पदबाट हटाए अहिलेको सरकारलाई निकै महङ्गो पार्न जाने चेतावनी दिए।

वर्तमान सरकारकै कारण प्राधिकरणको वक्तौता नउठेको भन्दै उनले त्यसकै आधारमा कुलमानमाथि लगाएको आरोप उचित नभएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *