बंगलादेशका मुशफिकुरको एकदिवसीय क्रिकेटबाट सन्यास
काठमाडौं। बंगलादेशका ब्याट्सम्यान मुशफिकुर रहिमले एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन्। मुशफिकुरले सामाजिक सञ्जालमार्फत आफ्नो सन्यासको जानकारी दिएका हुन् । बंगलादेश च्याम्पियन्स ट्रफीबाट बाहिरिएको एक हप्तापछि रहिमले सन्यासको घोषणा गरेका छन्।
मुशफिकुरको एकदिवसीय करियर १९ वर्षको रह्यो । उनी बंगलादेशका पूर्व कप्तान पनि हुन्।
मुशफिकुरले सामाजिक सञ्जालमा लेखेका छन्- ‘म आज एकदिवसीय क्रिकेटबाट सन्यास लिँदैछु। हाम्रा अन्तर्राष्ट्रिय क्रिकेटमा उपलब्धिहरू कम छन्। तर जब म देशको लागि खेले, म पूर्ण समर्पण र इमानदारीका साथ खेले । पछिल्ला केही हप्ताहरू मेरा लागि धेरै गाह्रो भएको छ।’
मुशफिकुर रहिम बंगलादेशका लागि दोस्रो सर्वाधिक एकदिवसीय रन बनाउने खेलाडी हुन्। उनले २७४ एकदिवसीय खेलमा ७७९५ रन बनाएका छन्। जसमा ९ शतक र ४९ अर्धशतक समावेश छन्। साथै, उनी २५० भन्दा बढी एकदिवसीय खेल खेल्ने केवल ५ विकेटकिपरमध्ये एक हुन्। रहिम सूचीमा चौथो स्थानमा छन्।
उनले २०२२ को टी-२० विश्वकपपछि ३७ बर्षीय मुशफिकुरले टी-२० बाट सन्यास लिएका थिए। उनले टेस्ट क्रिकेट भने खेल्ने बताएका छन्। अहिलेसम्म ९४ टेस्ट खेलेका छन् । यदि रहिमले १०० टेस्ट खेले भने, उनी यो आंकडामा पुग्ने पहिलो बंगलादेशी खेलाडी बन्नेछन्।







डिसी नेपाल







Facebook Comment