सन्दीप पिएम कप नखेल्ने, पृथु बने बागमतीको कप्तान

डिसी नेपाल
२३ फागुन २०८१ १२:४७
1.2k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर स्पीनर सन्दीप लामिछानेले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट नखेल्ने भएका छन्। बागमती प्रदेशबाट घरेलु क्रिकेट क्रिकेट खेल्दै आएका सन्दीपले यसपटक निजी कारणले पिएम कप नखेल्ने भएका हुन्।

फागुन २५ गतेदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा बागमतीसहित सात प्रदेश र तीन विभागीय टिम सहभागी हुनेछन्। पीएम कपको लागि बागमतीका लागि बिहीबार पृथु बास्कोटाको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरिएको छ। जसमा सन्दीप समावेश छैनन्।

बागमतीको टिम: पृथु बास्कोटा (कप्तान), रिजन ढकाल, नन्दन यादव, प्रतिश जिसी, सूर्य तामाङ, रित गौतम, सुमन सुनार, गौतम केसी, विपिन आचार्य, शौरभ शखाकर्मी, आशुतोष घिरैया, शुभ कसांकार, इशान पाण्डे, सोनु देवकोटा र विवेक राना मगर।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.