श्रम मन्त्रालय घुस संकलनको अड्डा, ताहाचलमा दैनिक ७५ लाख असुली हुन्छ : डीपी अर्याल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले श्रम मन्त्रालय श्रमिकसँग घुस संकलन गर्ने अड्डा बनेको आरोप लगाएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रत्येक दिन ताहाचल कार्यालयमा करिब ७५ लाख घुस असुली भइरहेको छ। मन्त्री र डीजीलाई जानकारी गराउँदासमेत पनि बेखबर छन्। अब मन्त्रालय घुसको अड्डा बनेको हो,’उनको प्रश्न थियो।
‘देशमा रोजगार नपाएर हरेक दिन युवाहरू विदेशिन परेको समाचार अब नयाँ रहेन। हामीसँग श्रम मन्त्रालय छ। मन्त्रालयको उद्देश्य र काम भनेको रोजगार सिर्जना, युवाहरुलाई देशमा बस्ने वातावरण बनाउने हुनुपर्ने हो। तर, मन्त्रालयलाई कहिले बिचौलियाले चलाएको आरोप छ त ट्रेड युनियनका सदस्यहरूलाई विदेश घुमाएको आरोप छ,’उनले भने, ‘अहिले आएर भविष्य यहाँ नदेखेर विदेश जान बाध्य श्रमिकहरूसँग घुस संकलन गर्ने अड्डा बनेको सर्बत्र बजारमा जानकारी छ। प्रत्येक दिन ताहाचल कार्यालयमा करिब ७५ लाख घुस असुली भइरहेको मन्त्री र डीजीलाई जानकारी गराउँदा समेत पनि बेखबर हुनु भनेको अब मन्त्रालय घुसको अड्डा बनिरहेको छ। सरकारको गम्भिर ध्यानाकर्षण होस्।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment