लोकसेवा आयोगले निष्पक्ष एवं पारदर्शी ढंगले काम गरिरहेको छ : अध्यक्ष रेग्मी
विराटनगर । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगले विगतको इतिहासलाई कायम राखी निष्पक्ष एवं पारदर्शी ढंगले काम गरिरहेको बताएका छन्।
आयोगको पाँचौं राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले आयोगले स्थापित विधि, मापदण्ड र अभ्यासबाट आयोगले आफ्ना काम र गतिविधि सञ्चालन गरिरहेको बताए। अध्यक्ष रेग्मीले सम्मेलनले प्रदेश लोकसेवा आयोगलाई प्रभावकारी बनाउन र यसको पवित्रतालाई बढोत्तरी गर्न मद्दत पुर्याउने धारणा राखे।
कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले आयोगले स्थापनाकालदेखि नै निष्पक्षता, स्वच्छता र पारदर्शितालाई कायम राखेकाले यो संस्थाप्रति आमनागरिकको आस्था बढ्दै गएको बताए।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संविधानप्रदत्त अधिकारभित्र रही आयोगले कुशल एवं सक्षम राष्ट्रसेवक कर्मचारीहरू छात्र सक्नु निकै सराहनीय रहेको धारणा राखे।
कार्यक्रममा प्रदेश लोकसेवा आयोगका अध्यक्षहरूमा कोशी प्रदेशका महेन्द्रप्रसाद गुरागाइँ, मधेस प्रदेशका शिवराम यादव, बागमती प्रदेशका महेश्व श्रेष्ठ, गण्डकी प्रदेशका विष्णुप्रसाद नेपाल, लुम्बिनी प्रदेशका डिलाराम भट्टराई, कर्णाली प्रदेशका कावा अध्यक्ष बसन्तीकुमारी सिंह र सुदूरपश्चिम प्रदेशका यज्ञराज बोहराले प्रदेश लोकसेवा आयोगले गरिरहेका काम र भोगिरहेका समस्याबारे अवगत गराए। सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment