महिला फुटबल टिमको फिफा वरियतामा चार स्थानको सुधार

डिसी नेपाल
२३ फागुन २०८१ १७:१४
916
Shares

काठमाडौं। नेपाली महिला राष्ट्रिय टिमको फिफा वरियतामा सुधार भएको छ। नेपालले चार स्थानको सुधार गर्दै ९९औं स्थानमा झरेको छ । यसअघि नेपाल १०३ स्थानमा थियो।

हालै काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा गरेको प्रदर्शनपछि नेपालको वरियतामा सुधार भएको हो।

नेपाली महिला टिमको फिफा वरियतामा अहिलेसम्मको उच्च वरियता ९१औ स्थान हो भने सबैभन्दा कमजोर वरियता ११९औ स्थान हो।

त्यस्तै महिला फुटबलको वरियताको शिर्ष स्थानमा अमेरिका रहेको छ। त्यस्तै छिमेकी मुलुक भारत ६९औं स्थानमा छ भने नेपाललाई अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा हराएको म्यानमारको वरियता ५५औं रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *