ग्लोबल आइएमई बैंकको ग्लोबल ‘म उद्यमी’ कर्जा सार्वजनिक

डिसी नेपाल
२३ फागुन २०८१ १७:३४
432
Shares

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमी लक्षित ग्लोबल म उद्यमी कर्जा सार्वजनिक गरेको छ। महिला उद्यमीहरुलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानीय समुदायहरुमा आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने गरी बैंकले उक्त कर्जा ल्याएको हो।

यस योजनाले महिलाहरुलाई उद्यमी भई व्यवसाय संचालन गर्न प्रोत्साहित गर्नेछ। महिलाहरुले नेतृत्व गरेको कृषि, उत्पादन, प्रसोधन तथा बजारीकरण क्षेत्रको घरेलु, साना तथा मझौला उद्योगलाई बैंकले विशेष प्रथमिकता दिइ कर्जा प्रदान गर्नेछ।

यस योजनाअन्तर्गत आकर्षक सुविधाहरु सहित न्यूनतम् ब्याजदरमा महिला उद्यमीहरुलाई १० करोड रुपैयाँसम्मको कर्जा प्रदान गर्दछ। महिलाहरुको कम्तीमा ५० प्रतिशत स्वामित्व भई उनीहरुकै नेतृत्वमा व्यवसाय संचालन भएका व्यवसायहरु मात्र यस कर्जाका लागी योग्य हुनेछ। यो कर्जा योजनाअन्तर्गत ग्लोबल म उद्यमी कर्जा लिंदा बैंकले उद्यमी डिजिटल उपहार प्रदान गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *