जनकपुरमा राजावादीको प्रदर्शन

डिसी नेपाल
२३ फागुन २०८१ १८:३९
156
Shares

जनकपुर । जनकपुरधाममा राजावादी समर्थकले प्रदर्शन गरेका छन्।

शुक्रबार जनकपुरधामको जनक चोकबाट सुरु भएर राजावादी समर्थकले नगर परिक्रमा गरेका छन्। उनीहरूले ‘राजा आउ देश बचाउ’,‘केपी चोर देश छोड’का नारासमेत लगाएका छन्।

गणतन्त्रलाई आफूहरूले साथ दिँदा पनि गणतनत्रले आफूहरूलाई केही नदिएको भन्दै पुनः देशमा राजालाई फर्काउनुपर्ने आवश्यकता रहेकोले प्रदर्शन गरिएको नेपाल राष्ट्रवादी नागरिक समाजका अध्यक्ष प्रकाश रानाले बताए।

नेताहरुले डलर खाएर देश क्रिश्चेन धर्मावलम्बीहरुलाई बेचेको उनले आरोप लगाए। प्रजातन्त्रसहितको राजसंस्था आजको आवश्यकता रहेकोमा उनले जोड दिए।

माओवादीले जनताको छोराछोरी मारेर आफू सत्तामा गएको उनले आरोप लगाए। अमेरिकाले भ्रस्टाचार हुने देशहरुको सूचीमा नेपाललाई उच्च स्थानमा राखेकाले नैतिकताको आधारमा सत्तामा बसेका नेताले राजीनामा दिनुपर्ने धारणा राखे। उनले देश बचाउन राजा मात्र विकल्प रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *