राजसंस्था इतिहास भइसक्यो: माधव नेपाल
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजसंस्था इतिहास भइसकेकाले फर्केर आउने कुनै सम्भावना नरहेको बताएका छन्।
शुक्रबार आफ्नो जन्मदिनका अवसरमा आफ्नै निवास कोटेश्वर बिरुवा रोप्दै अध्यक्ष नेपालले राजसंस्था फर्कने कुनै सम्भावना नरहेको बताए।
देशको लागि विकास गर्ने चाहना भए चूनाव लडेर प्रधानमन्त्री बन्न उनले सुझाव दिए। उनले भूमाफियासँग मिलेर सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाए।
आफूले ल्याएको अध्यादेश फेल वा निष्कृय भए सरकारलाई नैतिक संकट पर्ने उनको भनाइ छ। अध्यक्ष नेपालले दलसम्बन्धी कानून ल्याएर दल फुटाउने षडयन्त्रकारीहरुको अन्त्य हुने भन्दै आफ्नो पार्टी कुनै हालतमा नफुट्ने जिकिर गरे।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment