स्पष्टीकरणको जवाफ आएपछि कुलमानलाई पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय हुन्छः ऊर्जामन्त्री

डिसी नेपाल
२३ फागुन २०८१ १९:२९
560
Shares

काठमाडौं। ऊर्जामन्त्री दीपक खड्काले कुलमान घिसिङको स्पष्टीकरणको जवाफ आएपछि पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय हुने बताएका छन्।

शुक्रबार संसद भवनमा कुलमानलाई हटाउने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खड्काले स्पष्टीकरणको जवाफ आएपछि निर्णय लिने जवाफ दिनुभयो । उहाले नेपालमा भारतबाट बिजुली आयात गरिएका कारण लोडसेडिङ हट्न सफल भएको जिकिर गरे।

भारतलाई समेत विजुली आवश्यक भइरहेको अवस्थालाई नेपाललाई विद्युत दिएर ठूलो सहयोग गरेको उनले बताए। प्राधिकरणका नाफाको विषय छानबिन भएपछि थाहा हुने उनको भनाइ छ।

कुलमानको बिषय व्यक्तिगत नभएर सरकारको विषय भएको भन्दै उनले कर्मचारीहरु अनुशासित हुनुपर्ने जिकिर गर्नुभयो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *