राजा फर्किनेमा मलाई विश्वास छैन: डा. शेखर कोइराला
काठमाडौं। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. शेखर कोइरालाले राजा फर्किने विषयमा आफूलाई विश्वास नभएको बताएका छन्।
शुक्रबार नेपाल प्रेस युनियनले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डा. कोइरालाले अब फेरी देशमा राजा आउने कुरा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिएका हुन्। उनले गणतन्त्रले जनतालाई खुसी पार्न सक्यौं या सकेनौं भन्ने विषय महत्वपूर्ण रहेको बताउँदै कोइरालाले राजाको बारेमा कुरा गरेर नहुने बताए।
उनले भने, ‘गणतन्त्र ल्यायौं, गणतन्त्रले जनतालाई आशा दिलाउन सक्यौं सकेनौं, भरोसा दिलाउन सक्यौं सकेनौं भन्ने कुरा महत्वपूर्ण हो। राजा फर्किन्छ त भनेर सोध्नु भयो, मलाई लाग्दैन, माई खोलामा धेरै पानी बगिसक्यो यो १०-१५ वर्षमा, अब मलाई विश्वास छैन तर कोसिस त मानिसले गरिरहेको हुन्छ। तर कोसिसलाई चेक गर्ने भनेको अट्याक गर्ने भन्दा पनि हामीले राम्रो काम गरेर चेक गर्नुपर्छ।’
नेता कोइरालाले मन्त्री र प्रधानमन्त्रीले दिएका अभिव्यक्तिबारे असन्तुष्टि व्यक्त गरेका थिए।







डिसी नेपाल







Facebook Comment