महिला टी–२० सिरिजः नेपालले नामिबियालाई दियो ९३ रनको लक्ष्य
काठमाडौं।चार देशीय महिला टी-२० सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई ९३ रनको लक्ष्य दिएको छ।
टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ९२ रन बनाएको हो। नेपालकी ओपनर सम्झना खड्काले सर्वाधिक १८ रन बनाइन्। ११ बल खेलेकी उनले चार चौका प्रहार गरिन्।
कविता जैशी र इश्वरी विष्टले समान १६ रन बनाउँदा पूजा महतोले १३ रन बनाइन्। बलिङमा नामिबियाका विल्का म्वाटिल र मेकेलान्ये म्याटिलले ३-३ विकेट लिए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment