पिएम कप आजदेखि, लुम्बिनीका तीन रंगशालामा हुँदै
बुटवल। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु हुँदैछ।
फागुन २५ गतेदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित १० टिम सहभागी हुँदै छन्।
पीएम कपका खेलहरु सिद्धार्थ रंगशाला, भैरहवा, देउखुरी क्रिकेट स्टेडियम, दाङ र एक्स्ट्राटेक ओभल, तिलोत्तमामा हुने छन्।
आज पहिलो दिन सिद्धार्थ रंगशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेश खेल्दै छन् भने एक्स्ट्राटेक ओभलमा बागमती प्रदेश र एपीएफ क्लब खेल्दैछन्। त्यस्तै देउखुरी क्रिकेट स्टेडियममा कर्णाली प्रदेश र सुदूरपश्चिम टिम खेल्दै छन्।
पीएम कपको उपाधि अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन्। अहिलेसम्म नेपाल पुलिस क्लबले तीन पटक जितेको छ भने एपीएफ र त्रिभुवन आर्मीले २-२ पटक यो उपाधि जितेका छन्। पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment