च्याम्पियन्स ट्रफी: फाइनलमा न्यूजील्याण्डले टस जित्यो, भारतले पहिला बलिङ गर्ने

डिसी नेपाल
२५ फागुन २०८१ १४:३०
332
Shares

काठमाडौं। आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आज भारत र न्युजिल्याण्डबीच हुँदै छ। दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो फाइनलमा न्यूजील्याण्डले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ।

न्यूजील्याण्डका कप्तान मिचेल सान्टनरले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन्। योसँगै भारतले पहिला बलिङ गर्ने भएको छ।

सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई हराएको थियो भने न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो। २५ वर्षपछि, यी दुई टोली फेरि एक पटक आईसीसीको सीमित ओभर ढाँचाको उपाधि खेलमा आमनेसामने हुदै छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.