एकदिवसीय क्रिकेटबाट अहिल्यै सन्यास लिन्नँ : रोहित शर्मा

डिसी नेपाल
२६ फागुन २०८१ १०:३५
1.0k
Shares

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले आइसीसी च्याम्पियन्स ट्रफी जितेपछि आफ्नो सन्यासको बारेमा फैलिएको अनुमानलाई अस्वीकार गरेका छन्।

आइतबारको खेलपछि पत्रकार सम्मेलनमा रोहितले एकदिवसीय क्रिकेटबाट सन्यास नलिने स्पष्ट पारेका छन्।

रोहितले भने, “म यो फर्म्याटबाट सन्यास लिने छैन। म यो कुरा स्पष्ट पार्न चाहन्छु ताकि थप हल्ला नफैलियोस्।”

अष्ट्रेलिया भ्रमणदेखि नै रोहितको टोलीमा भविष्य र कप्तानको पदको बारेमा अड्कलबाजी चलिरहेको थियो।

रोहितले च्याम्पियन्स ट्रफीको फाइनल खेलमा न्युजिल्याण्ड विरुद्ध ७६ रनको इनिङ खेलेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.