सरकारप्रति प्रचण्डले लगाएको आक्षेप खेदजनकः एमाले

डिसी नेपाल
२७ फागुन २०८१ १७:२५
432
Shares

काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदले बनाएको सरकारप्रति प्रचण्डले लगाएको आक्षेप खेदजनक रहेको बताएका छन्।

मंगलबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले झण्डै दुईतिहाइको संसदले बनाएको सरकारलाई बिचौलियाको सरकार भन्नु खेदजनक रहेको भन्दै आफूलाई सच्च्याउनुपर्ने बताए।

वर्तमान सरकार सुशासनमा केन्द्रीत रहेको भन्दै उनले सरकारमाथि आपेक्ष लगाउने कुरा प्रचण्डको दृष्टिदोष रहेको जिकिर गरे।

बर्तौलाले मुलुकको आवश्यकताका आधारमा कानूनी सुधार गर्नका लागि अध्यादेश ल्याएको भन्दै बिपक्षी भएकै कारण विरोध गरिएको बताए। उनले विपक्षी दललाई सदनमा प्रयाप्त स्पेश दिइरहेको धारणा राखे।

उनले प्रधानमन्त्री केपी ओलीको निकै अघिदेखिको पूर्वनिर्धारित कार्यक्रम तय भएका कारण विपक्षी दलका नेता बोल्ने बेला सदनमा उपस्थित हुन नसकेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *