पशुपति मित्र माविको हीरक जयन्ती : राष्ट्रपति पौडेलद्वारा हीरक स्तम्भ अनावरण

डिसी नेपाल
२६ असोज २०८३ १३:१२
8
Shares

काठमाडौं।  चाबहिलस्थित पशुपति मित्र माध्यमिक विद्यालयको ८० औं वार्षिकोत्सव (हीरक जयन्ती) शनिबार एक विशेष र भव्य समारोहका बीच सम्पन्न भएको छ।

समारोहका क्रममा  राष्ट्रपति पौडेलले विद्यालय परिसरमा नवनिर्मित ‘हीरक स्तम्भ’को अनावरण गरे। कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बदलिँदो विश्व परिवेश, सूचना प्रविधि र कृत्रिम बौद्धिकताको विकाससँगै नेपाली शिक्षा प्रणालीलाई पनि आधुनिक तथा भविष्यका चुनौती र अवसरसँग जोड्ने गरी रूपान्तरण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापाले आफैंले पहिले शिलान्यास गरेको  ‘मित्र मण्डल’को नवनिर्मित भवनको  उद्घाटन गरे।

समारोहमा काठमाडौं महानगरपालिका वडा नं. ७ का अध्यक्ष विमल कुमार होडा र विद्यालयका प्रधानाध्यापक योग्य प्रसाईँले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयको शैक्षिक गुणस्तर र पूर्वाधार विकासमा गरिएका प्रयासहरूबारे प्रकाश पारेका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  अरुणसिंह बस्नेतको सभापतित्वमा आयोजित उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल मुख्य अतिथि तथा नेपाली कांग्रेसका  सभापति गगन कुमार थापा विशिष्ट अतिथिका रूपमा सहभागी भएका हुन्।

कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *