बन्यजन्तुको सिङ्ग जस्तो देखिने वस्तुसहित अष्ट्रेलियन नागरिक पक्राउ
सांकेतीक फाेटाे-
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट खैरो रङको वन्यजन्तुको सिंङ जस्तो देखिने वस्तु १ थान सहित अष्ट्रेलियन नागरिक राहदानी नम्बर पिए ९७१४५२९ वाहक ३४ वर्षीय LEONID POEL लाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
थाई लायोन एयरको उडानद्घारा काठमाडौंबाट अष्ट्रेलिया जान लागेका उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङमा जाँच गर्ने क्रममा उक्त वस्तु फेला परेको हो।
अष्ट्रेलियन नागरिकलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment