चन्द्रगिरिमा एक युवकको आत्मदाहको प्रयास
काठमाडौं। काठमाडौंको चन्द्रगिरिमा एक युवकले आत्मदाहको प्रयास गरेका छन्। स्थानीय उत्तम कार्कीले आफ्नौ घरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन्।
गएराति १२ बजे फेसबुक लाइभमा आएर आफूले प्रहरी प्रशासनदेखि धेरै व्यक्तिले मानसिक तनाव दिएको उनले बताएका छन्। उनले नाम उल्लेख गर्दै स्थानीय एक युवतीले मानसिक तनाव दिएको आरोप लगाएका छन्। उनकै कारण आफू पक्राउ परेको, पारिवारिक सम्बन्ध बिग्रिएको बताएका छन्।
रातिनै प्रहरीले उनको उद्दार गरि उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याएको बताएको छ। उनको हात र अनुहार जलेको छ भने बाँकी स्वास्थ अवस्था सामान्य रहेको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment