मन्त्री अनुपस्थित हुँदा प्रतिनिधिसभा बैठक स्थगित

डिसी नेपाल
२८ फागुन २०८१ ११:५५
124
Shares

काठमाडौं । मन्त्रीको उपस्थिति नभएपछि प्रतिनिधिसभाको बैठक बुधबार सुरु हुनेबित्तिकै स्थगित भएको छ।

प्रतिनिधिसभाको बैठक सुरु भएपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सरकारका तर्फबाट कोहि पनि उपस्थित नभएको भन्दै आपत्ति जनाएका छन्। उनले सरकारले सदनलाई हेपिरहेको आरोप लगाए।

उनले नियमावलीको अभ्यास अनुसार मन्त्रीको अनुपस्थितिमा बैठक सञ्चालन गर्न नमिल्ने बताएपछि सभामुख देवराज घिमिरेल १५ मिनेटका लागि स्थगित गरेका हुन्।

बुधबार संसद बैठकमा सरकारले प्रतिस्थापन विधेयक पेस गर्ने कार्यसूची रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *