सांसद सुमना श्रेष्ठको अभिव्यक्तिप्रति कांग्रेस सांसदको आपत्ति
काठमाडाैं। नेपाली कांग्रेसका सांसदहरुले रास्वपा सांसद सुमना श्रेष्ठको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
बुधबार प्रतिनिधिसभाको शुन्य समयमा रास्वपा सांसद श्रेष्ठले काठमाडौंको तारकेश्वरमा कांग्रेस नेताले सरकारको स्वामित्वमा रहेको जग्गा कव्जा गरेको आरोप लगाएपछि कांग्रेसका सांसदहरुले आपत्ति जनाएका हुन्। उनीहरुले गैरजिम्मेवार ढंगले आफ्ना नेतामाथि आरोप लगाएकाले तथ्य पुष्टि गर्नुपर्ने भन्दै उठेर विरोध जनाएका थिए।
शुन्य समयमा सांसद श्रेष्ठले काठमाडौं क्षेत्र नंवर ६ मा पर्ने तारकेश्वर वडा नंवर ९ को लोकतान्त्रिक चोकमा रहेको किता नंवर ६२ र ६३ को सरकारी जग्गा कांग्रेस नेताले कव्जा गरेको आरोप लगाएकी थिइन्।
उनले स्थानीय बासिन्दाको उजुरीको बाबजुत स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको बताएकी थिइन्। सांसद श्रेष्ठको आरोप पछि कांग्रेस सांसदहरुले उठेर आपत्ति जनाएका थिए। उनीहरुले सांसद श्रेष्ठको अभिव्यक्ति रेडर्कबाट हटाउन समेत माग गरेका थिए।
सभामुख देवराज घिमिरेले प्रमाणित ढंगले आफ्नो अभिव्यक्ति राख्नुपर्ने बताएका थिए। यस बिषयमा आएका बिवादलाई प्रक्रियागत ढंगले समाधान खोज्नुपर्ने भन्दै उनले कांग्रेस सांसदहरुलाई बस्न आग्रह गरेका थिए।त्यसपछि कांग्रेस सांसदहरुले आसन ग्रहण गरेपछि सभामुखले बैठक अघि बढाएका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment