देशलाई नयाँ वैकल्पिक शक्तिको आवश्यकता छ : बाबुराम भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुरानो पार्टीहरु कमजोर हुदाँ राजावादी शक्तिहरुले टाउको उठाइरहेको बताएका छन्।
बुधबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले नयाँ युगको नयाँ कार्यभार ः वैकल्पिक राजनीतिको औचित्य र आधार विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले कांग्रेस, एमाले, माओवादी सत्तामा हुँदा सबै ठिक भन्ने प्रवृत्तिले गर्दा यसैको लाभ लिएर राजावादी शक्तिहरुले टाउको उठाइरहेको बताए।
‘पुरानो शक्तिहरु यथास्थितीवादी भए खासगरी कांग्रेस, एमाले, माओवादी सबै सत्तामा भइरहदा सबै ठिक छ भन्ने त्यो त संसदीय खेल मात्र हो। उहाँहरुले अब समस्याहरु हल गरेर जान सक्नुहुन्न । यसैको लाभ लिएर राजावादी शक्तिहरुले टाउको उठाइरहेका छन्,’ उनले भने।
उनले नेपालको राजनीतिक जटिल भएको भन्दै यस्तो समयमा छिमेकी मुलुकहरुले पनि आफ्नो प्रभुत्व देखाउन सक्ने बताए। उनले अब समयमा नै वैकल्पिक शिक्तिको निमार्ण गरेर देशलाई विकल्प दिनुपर्ने बताए।
उनले भने, ‘युवाहरुमा बेरोजगारी बढेको छ असन्तुष्टी बढेको छ, दलहरु भष्ट्रचारमा चुर्लुम्भ डुबेर आशा जगाउन सकेका छैनन्। यस्तो असन्तुष्टीलाई प्रयोग गरेर आफ्नो स्वार्थ पूर्ती गर्ने शक्तिहरु क्रियाशिल छन्। हामीले राम्रो ढङगले वैकल्पिक शिक्तिको वेलैमा निर्माण गरेर देशलाई विकल्प दिन सकेनौ भने देश फेरी गम्भिर अवस्थामा जाने म खतरा देख्छु।’
यस्तै, उक्त क्रार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक विकासको मोडालिटि नभएको बताए । उनले जनताले मौलिक अधिकार पनि नपाएको बताए।
उनले भने, ‘आर्थिक प्रणालीको पुर्नसंरचना के गर्दा हुन्छ त्यो चाइएको छ हामीलाई। असन्तुष्टी यसै कारण छ हामीले संविधानमा लेखिसक्यौ हामीले स्वास्थ्य शिक्षा, रोजगार, खाद्य, आवासको अधिकार मौलिक अधिकार त्यो कुरा जनताले पाउनु पर्दैन। त्यो दिनको लागि आर्थिक विकास गर्नु पर्ने थियो। त्यो विकासको मोडालिटि खै ?’ उनले अहिले नेताहरु पुरानो ब्युरोकेसीमा चलेको बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment