प्रेमिकालाई बोलाएर युवकले शरीरमा आगो लगाएपछि…
काठमाडौं । झापामा एक युवकले प्रेमिकाकै अगाडि आत्मदाह प्रयास गरेका छन्। आज दिउँसो करिब १२:१५ बजे कनकाइ नगरपालिका-४ इलुवाबारीमा सुनसरी इनरुवा-९ का १९ वर्षीय मुकेश चौधरीले प्रेमिकाले धोका दिएको भन्दै आत्मदाह प्रयास गरेका हुन्।
उनले प्रेमिकालाई बोलाएर बाटोमा हिन्दाहिन्दै आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाइ आत्मदाह प्रयास गरेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ।
चौधरीलाई उपचारका लागि झापास्थित बि एन्ड सी अस्पताल लगिएको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment